सोलार ड्रायर

Solar Dryer

सोलार ड्रायर के हो -

सोलार ड्रायर एक यस्तो प्रविधि हो जसमा र्सर्ूयको शक्ति प्रयोग गरि खाद्य वस्तुमा रहेको पानीलाई वाफको रुपमा उर्डाई सुकाउने गरिन्छ । आदिकाल देखि नै खाद्य वस्तुलाई खुल्ला घाममा फिजाएर सुकाउने गर्दै आएको यो चलन हालसम्म पनि प्रायः शहर तथा धेरै मात्रामा गाउँघरमा किसान परिवारमा यथावत कायमै छ । यसरी खाद्य वस्तुलाई खुल्ला ठाउँमा सुकाएर संरक्षण गर्ने परम्परागत प्रविधि भएता पनि यसबाट धेरै नै बेफाइदाहरु भएका कारण ती उत्पादीत वस्तुको संरक्षण गर्ने राम्रो प्रविधि नभएकाले गाउँघरका किसानहरु आर्थिक लाभबाट वञ्चित भएका छन्् ।

अतः हाम्रो गाउँघरका कृषकहरुले आप\mनो उत्पादनको समुचित फाइदा लिन पाउन् भन्ने उद्देश्यले निम्न तथा मध्यम वर्गीय परिवारले परम्परा देखि नै जानेको आप\mनो सीपको सदुपयोग गरी खाद्य बस्तु सुकाएर अतिरिक्त आय वृद्धि गर्न सकुन भन्ने उद्देश्यले आप\mनो गाँउ घरमै तयार हुन सक्ने सोलार ड्रायरको विकास गरिएको हो । खाद्य बस्तुलाई सोलार ड्रायरमा सुकाउँदा गुणस्तरीय, स्वास्थ्य उपयोगी तथा छिटो छरितो हुन्छ ।

यस ड्रायरमा खाद्य पदार्थ सुकाउँदा बाहिरको तुलनामा गर्मी समयमा तीनगुणा बढि र बैशाख महिनामा ७५ ड्रि्री सम्म तापमान पुग्न गई खाद्य पदार्थ धेरै छिटो सुकेर तयार हुने गर्छ । यसरी सोलार ड्रायरको प्रयोग गर्नाले घरका गृहणीलाई खाद्य बस्तुको अनेकौ परिकारहरु तयार पारी, संरक्षण गरी राख्न तथा परिवारको अतिरिक्त आयमा वृद्धि गर्न समेत मद्दत गर्दछ । सोलार ड्रायर प्रयोग गर्ने उत्तम समय बादल नलागेको, घाम लागेको र बाहिरी तापक्रम २० ड्रि्री से. भन्दा बढि भएको बेला हुनर्ुपर्छ ?

सोलार ड्रायर कसरी प्रयोग गर्ने -

१. ड्रायर राख्ने ठाउँ समतल तथा घाम लागेको हुनु पर्छ -
२. ड्रायरलाई र्सर्ूयको दिशा तर्फ फर्काइ तरकारी वा फलफुललाई प्रशोधन गरी त्यस ड्रायरमा भएको ट्रे मा राम्ररी फिजाएर सुकाउनु पर्छ ।
३. केहीबेर (सीसामा वादल नलागुन्जेल सम्म) चारवटै Ventilations का प्वालहरु बन्द गर्नुपर्छ ।
४. सीसामा वादल लागेको देखियो भने सबै Ventilations का प्वालहरु खोल्नर्ुपर्छ ।
५. र्सर्ूय पर्ूवबाट पश्चिम तर्फ घुम्दै जाने भएकोले ड्रायरलाई हरेक ४०/५० मिनेटमा र्सर्ूयको दिशा तर्फ फर्काउदै जानर्ुपर्छ ।
६. खाद्य बस्तुलाई लामो समयसम्म छोड्नु हुँदैन किनभने बस्तुमा रहेको पौष्टिक तत्व ह्रास हुनुका साथै स्वाद
तथा रंगमा प्रतिकुल असर पर्न जान्छ ।

सुकाउने प्रविधि

खाद्य पदार्थ >> पानीमा धुने >> बोक्रा ताछ्ने (आवश्यकता अनुसार) >> काट्ने (आवश्यकता अनुसार) >> ट्रेमा फिजाउने >> प्याकिङ्ग गर्ने >> सुख्खा ठाउँमा भण्डार गर्ने

ब्लान्चि•

तरकारी वा फलफुललाई वाफ, उम्लेको पानीमा डुबाउने प्रक्रिया वा प्रारम्भिक प्रशोधन गर्ने कार्यलाई ब्लान्चिङ्ग भनिन्छ । ब्लान्चिङ्ग गर्नाले तरकारी वा फलफुलमा रहेको जैविक तथा रसायनीक प्रक्रिया रोकिन जान्छ । यसले रङ्ग, स्वाद, बास्ना यथावत रहन मद्दत पुग्दछ ।

फलफुल तथा तरकारी सुकाउ“दा ख्याल राख्नु पर्ने कुराहरु