सुधारिएको पानीघट्ट

१. परिचय
हाम्रा गाउ“घरमा धेरै वर्षघिदेखि अन्न पिसानी गर्न पानीघट्टको प्रयोग हु“दै आएको छ । यस्तो पानीघट्टमा मकै, जौ, गहू“, कोदो, आदि अन्नहरू पिस्ने काम गरिन्छ । यस्तो पानीघट्ट चलाउन नदीनाला, खोल्सामा बगेको पानीलाई ३-४ मिटरको उचाइबाट काठको डु“ड हाली तल खसालिन्छ । पुरानो प्रविधिबाट बनेको यस्तो पानीघट्टलाई 'परम्परागत पानीघट्ट' भनिन्छ । परम्परागत पानीघट्टहरु गाउ“लेहरुकै सीप र गाउ“घरमै पाइने वस्तुहरू प्रयोग गरी बनाइएका हुन्छन् । नेपालभरी करिब २५ हजारभन्दा बढि यस्ता पानीघट्टहरू चलिरहेका छन् भनिन्छ ।
अहिले हाम्रो देशमा नया“ ढङ्गबाट पानीघट्ट बनाउने प्रविधि विकास गरिएको छ । नया“ प्रविधिअनुसार काठको मदानी र मानीको सट्टा फलामको मदानी र मानी राखिन्छ । यसरी बनाइएको घट्टलाई 'सुधारिएको पानीघट्ट' भनिन्छ -चित्र १) । यसबाट परम्परागत पानीघट्टमा भन्दा बढी शक्ति निस्कन्छ । त्यसैले यसबाट पिसानीका साथै धान कुटानी, तेल पेलानी आदि काम लिन सकिन्छ । त्यत्ति मात्र नभई सुधारिएको पानीघट्टमा जेनेरेटर जोडेर विद्युत् उत्पादन गर्न पनि सकिन्छ ।
२. उपयोगिता/फाईदा
- सुधारिएको पानीघट्टले परम्परागत पानीघट्टले भन्दा दोब्बर छिटो पिसानीको काम गर्दछ ।
- सुधारिएको पानीघट्टबाट धान कुटानी र तेल पेलानीको काम पनि लिन सकिन्छ ।
- सुधारिएको पानीघट्टबाट बिजुली निकाली स-साना गाउ“ र बजारमा बिजुली उपलब्ध गराउन सकिन्छ ।
- सुधारिएको पानीघट्टबाट ब्याट्री चार्ज गरी प्राप्त शक्तिलाई बत्ती बाल्न, रेडियो क्यासेट बजाउन उपयोग गर्न सकिन्छ ।
- सुधारिएको पानीघट्टको सञ्चालनबाट परम्परागत पानीघट्टमा भन्दा बढी आम्दानी हुन्छ ।
- सुधारिएको पानीघट्ट सञ्चालन तथा मर्मतसम्भार गर्न सजिलो छ ।
- तालिमप्राप्त स्थानीय घटेराहरुले नै यसको सञ्चालन र मर्मतसम्भार गर्न सक्दछन् ।
३. लागत तथा अनुदान
पिसानीको मात्र काम लिने गरी सुधारिएको पानीघट्ट जडान गर्न करिब १० देखि १२ हजार रुपैया“सम्म खर्च लाग्छ । पिसानीका साथै कुटानी पनि गर्न करिब ३०-३५ हजार रुपैया“ लाग्छ । यसै गरी १-२ किलोवाट बिजुली उत्पादन पनि गर्ने हो भने सरदर लागत ५० देखि ७५ हजार रुपैया“ थप पर्दछ । ब्याट्री चार्ज गर्न करिब १० देखि १२ हजार रुपैया“ लाग्दछ । बिजुलीको वितरण प्रणालीको खर्च छुट्टै लाग्दछ । सुधारिएको पानीघट्ट राख्नका लागि बैंकहरुबाट ऋण पाउन पनि सकिन्छ । बर्तमान व्यवस्थाअनुसार १ किलोवाट बिजुलीको उत्पादन बराबर रु २७,००० का दरले सरकारी अनुदान पाइन्छ । घट्ट सुधार गर्न पनि अनुदानको व्यवस्था गरिएको छ
