सुधारिएको चुलो

१. परिचय
सुधारिएको घरायसी चुलोमा दर्ुइवटा पकाउने भा“डोको लागि प्वाल हुन्छन् । पहिलो भा“डो बसाल्ने प्वालको मुन्तिर दाउरा बालिन्छ । पहिले भा“डोलाई तताएर बा“की रहेको ताप दोस्रो प्वालमा जान्छ र दोस्रो भा“डो तात्छ । चुलोको दोस्रो भा“डो राख्ने मुखको ठीक तल माटोको ढिक्को (बाफल) राखिने हुनाले आगोको ज्वाला र तातो हावा सिधा चिम्नीतिर नगई दोस्रो भा“डोमा जान्छ । चुलोमा उत्पन्न हुने धुवा“ का“चो इ“टाबाट बनाइएको चिम्नीबाट बाहिर जान्छ । यो चुलो ५ भाग माटो, २ भाग परालको टुक्रा वा भुस, १ भाग गोबर मिसाएको माटो र इ“टाबाट बनाइन्छ । चित्र १ हर्ेर्नुहोस् ।
२. उपयोगिता/फाइदा
- सामान्य तालिम पाएका व्यक्तिले सुधारिएको घरायसी चुलो जडान गर्न सक्दछ ।
- यो चुलोे बनाउन स्थानीय सामग्री जस्तै माटो, का“चो इ“टा, भुस, पराल भए पुग्छ ।
- यो चुलो परिवार संख्या र पकाउने भा“डोको आकारअनुसार ठूलो वा सानो बनाउन सकिन्छ ।
- आवश्यकताअनुसार यस चुलोमा पकाउने मुख एउटा मात्र राखेर पनि बनाउन सकिन्छ ।
- यस चुलोको पहिलो भा“डो बसाल्ने मुखमा फलामको ओदान राखी बनाएमा ढिंडोजस्तो बेस्सरी चलाएर पकाउनुपर्ने खाना पकाउ“दा चुलो ब्रि्रने, भत्कने, फुट्ने डर हुदैन र चुलो बढी टिकाउ हुन्छ ।
- यो चुलो सस्तो लागतमा बनाउन सकिन्छ ।
- यो चुलो प्रयोग गर्न सजिलो छ ।
- भान्छाकोठा धुवा“रहित हुन्छ ।
- पकाउने भा“डो कालो हु“दैन ।
- भान्छाकोठा सफा देखिन्छ ।
- आगो फुकिरहनु पर्दैन ।
- आगलागी हुने खतरा कम हुन्छ ।
- प्रयोगकर्ता तथा साना नानीहरुलाई आगोले पोल्ने सम्भावना कम हुन्छ ।
- धुवा“ वा तातो हावा चिम्नीबाट बाहिर जाने भएको हु“दा चुलोको छेउछाउमा बसी काम गर्ने मानिसहरुको आ“खा, श्वास इत्यादिमा नराम्रो असर पर्दैन र गर्मी पनि हु“दैन ।
- स्थलगत अध्ययनबाट यस चुलोबाट ३० देखि ३५ प्रतिशतसम्म दाउरा बचत भएको पाइएको छ ।
३. लागत
सुधारिएको घरायसी चुलोको निर्माण स्थानीय सामाग्री इ“टा, माटो, भुस र फलामको ओदानबाट निर्माण गरिन्छ । एउटा सामान्य तालिमप्राप्त स्थानीय दक्ष मिस्त्रीले प्रतिदिन २ वटा चुलो निर्माण गर्न सक्दछ । साधारणतया ५ देखि ७ जनासम्मका परिवारलाई उपयुक्त हुने चुलो निर्माण गर्न रु ३५० सम्म खर्च लाग्ने अनुमान छ ।
