बी-हाईभ ब्रिकेट

पृष्ठभूमि
आदिमकाल देखि नै इन्धनको रुपमा जैविक बस्तुहरु प्रयोगमा ल्याइएको पाईन्छ । नेपालमा करिब ९० प्रतिशत उर्जा श्रोतको आपर्ूर्ति दाउराबाट गरिन्छ । खासगरि दाउरा घरायसी कामको लागि जस्तैः खाना पकाउन, कोठा न्यानो बनाउन, आदि काममा प्रयोग गरिन्छ । स-साना कृषि तथा घरेलु उद्योगहरुमा पनि दाउरको प्रयोग गरिन्छ ।
वर्तमान अवस्थामा वाषिर्क इन्धन आपर्ूर्तिको माग वृद्धि भइरहेको छ भने वढ्दो वन विनास, जनसंख्या वृद्धि आदि कारणबाट दाउराको उपलब्धतामा क्रमिक रुपले कमि आईरहेको छ । बढ्दो इन्धनको माग र राष्ट्रिय इन्धनको आवश्यकतालाई पर्ूर्ति गर्न खोज्दा वन, वातावरण तथा जैविक विविधतामा प्रतिकुल असर परेको छ ।
उपरोक्त कुरालाई मध्यनजर गर्दा दाउरा खपत कम गराउन अन्य सामान्य वैकल्पिक उपायहरु अवलम्बन गरि प्रयोगमा ल्याउनु एक मात्र बाटो देखिन्छ । जैविक बस्तुहरु जस्तैः वनमारा, व्याहा, सुकेको भि+mझा, नल, ढोड, पराल, आदिबाट बनाइएको गोलबाट तयार पारिएको एउटा ठोस उर्जा जन्य बस्तु ब्रिकेट नै वन माथिको चाप/निर्भरता घटाउने एउटा सशक्त माध्यम हुन सक्छ ।
बी-हाईभ ब्रिकेटको चिनारी
बी-हाईभ ब्रिकेट जैविक बस्तुहरुको गोलबाट तयार पारिने एउटा ठोस इन्धन हो यो काठ, भि+mझा, नल, ढोड, पराल, झारपात, यस्तै अन्य कृषि जन्य बस्तुहरुबाट बनाउन सकिन्छ । मौरीको चाका जस्तो आकारको -ब्रिकेट) तयार हुने भएकाले नै यसलाई बी-हाईभ ब्रिकेट भनिएको हो । यो ब्रिकेट बनाउँदा जैविक बस्तुलाई हावा रहित अवस्थामा तताएर गोल बनाईन्छ र वाईन्डिङ्ग बस्तुसँग मिसाएर ब्रिकेट बनाईन्छ । यो बी-हाईभ ब्रिकेट बाल्न निकै सजिलो छ । यसबाट शुरुमा आगो सल्काउने समयमा बाहेक अरु समयमा धूँवा आउदैन । यो प्रविधि सरल छ । यो प्रविधिको लागि खासै सिपको आवश्यकता पर्दैन । साधारण मानिसलाई पनि तालीम दिएपछि यो सजिलै बनाउन सक्दछन् ।
बी-हाईभ ब्रिकेटको फाइदाहरु
- दिैनिक घरायसी खाना पकाउन, कोठा न्यानो बनाउन, बैकल्पीक इन्धनको रुपमा प्रयोग गर्न सकिन्छ ।
- धिुँवा रहित राम्रो ज्वाला दिने हुनाले हावा प्रदुषणमा कमि ल्याउँछ ।
- खिेर जाने झारपात र काठका टुक्राहरुलाई उपयोग गरिर् इन्धनको रुपमा प्रयोग गर्न सकिन्छ ।
- भिाँडा बढी कालो नहुने ।
- अिागो बाल्न पटक पटक फुकिरहनु नपर्ने ।
- बिालबच्चालाई आगोले पोल्ने सम्भावना नहुने ।
बी-हाईभ ब्रिकेटको प्रयोग
बी-हाईभ ब्रिकेट आवश्यकता अनुसार दैनिक घरायसी खाना पकाउन, कोठा न्यानो बनाउन, वैकल्पिक इन्धनको रुपमा प्रयोग गर्न सकिन्छ । यसलाई तलबाट अलिकति सुकेको पात, भि+mझाहरु सल्काएर बाल्न सकिन्छ । एकचोटि आगो सल्केपछि बिस्तारै क्रमश यो बल्दै आउँछ र तिनै १९ वटा प्वालबाट आगोको ज्वाला बाहिर निस्कन्छ यसले धुँवा रहित राम्रो ज्वाल दिन्छ । यसरी निक्लने ज्वालालाई आप\mनो आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ । एउटा ब्रिकेट चक्का करिब १ घण्टा देखि डेढ घण्टा सम्म बल्न सक्छ ।
बी-हाईभ ब्रिकेट बनाउन आवश्यक कच्चा पदार्थहरु
- किृषी जन्य उत्पादन (भुस, सुकेका हाँगाविंगाहरु, स-साना काठका टुक्राहरु, काठको धुलो, सुकाएको बनमारा आदि)
- ििचम्टाइलो माटो ।

बी-हाईभ ब्रिकेट बनाउन आवश्यक सामग्रीहरु
चारिङ ड्रम
बिकेट बनाउने सा“चो
ग्राइन्डर
बी-हाईभ ब्रिकेट बनाउने तरिका
- चिारिङ ड्रमभित्र चारिङ फनेल हाल्ने ।
- चिारिङ फनेल माथि हलुका किसिमले सुकाएका पदार्थ बिच्छाउने र बाल्ने ।
- अिलिकति बलेपछि अरु कच्चा पदार्थ थप्दै जाने (नोटः बाल्दाखेरी कच्चा पदार्थलाई पर्ूण्ारुपमा बाल्नु हुँदैन) ।
- चिारिङ फनेलमा चिम्नी पाइप हाल्ने, जसबाट सेतो मुस्लो धुँवा आउन थाल्छ ।
- यिहि किसिमले चारिङ ड्रमको एक तिहाई बाँकी रहुन्जेल सम्म भर्दै जाने दर्ुइ तिहाइ भाग भरिए पछि चिम्नी पाइप निकाल्ने ।
- त्ियस पछि चारिङ ड्रम ढक्कनले छोपिदिने र वरिपरि हावा नछिर्ने गरिकन पानी हाल्ने ।
- ििचम्नीबाट धुँवा आउन छोडिसकेपछि ड्रमको तापक्रम सामान्य नहुन्जेल सम्म छोडिराख्ने (भित्र राखेको कच्चा पदार्थ कोइलामा परिणत भएको हुन्छ) ।
- त्ियस पछि उक्त ड्रमबाट कोइला -चारकोल) निकालेर धुलोहुने गरी पिस्ने ।
- उिक्त पिसिसकेको चारकोललाई तीन भाग चारकोल र एकभाग चिम्टाइलो माटो पानी राखेर पीठो मुछे भै+m मुछने (चाहिएको मात्रामा मात्र पानी राख्ने) ।
- ििमश्रणलाई ब्रिकेट बनाउने साचोमा राखि पर्याप्त मात्रामा चाप दिई ब्रिकेट बनाउने साँचोमा राख्दा
- अति अति गर्दै औंलाले थित्दै दरो बनाउने ।
- यिसपछि साँचोबाट उक्त ब्रिकेट निकाल्ने, पर्यापत घाम आउने ठाउँमा सुकाउने । (यसो गर्नाले ब्रिकेटमा भएको पानीको मात्रा बाष्पीकरण भई ब्रिकेट कडा र हलुको हुन्छ) ।
- सिुकाउँदाखेरी कुनै दह्रो सतह माथि राखि सुकाउनु पर्दछ । रातीको समयमा ती ब्रिकेटलाई ठुलो प्लाष्टीकले हावा पानी बचाउने गरी छोप्नु पर्दछ । यस ब्रिकेटलाई कडा र हलुको नहुन्जेल सम्म पर्याप्त घाममा सुकाउनु पर्दछ ।
ब्रिकेट बाल्ने चुलो
यो एउटा साधारण चुलो हो । यो फलाम वा मोटोको बनाउन सकिन्छ । यसको उचाई करिब १२ इन्च र गोलाई १० इन्च हुन्छ । यसको मुनि हावा जानको लागि १।५ इन्चको प्वाल बनाइएको हुन्छ । यसै प्वाल भन्दा केहि माथि मसिनो डण्डीबाट बनाइएको एउटा जाली जोडिएको हुन्छ । फलामको चुलो बनाइएको छ भने त्यसलाई भित्र पट्टबिाट माटो वा बालुवा मिसाएर करिब २ इन्च बाक्लो गरि लिप्नु पर्छ । जसले गर्दा चुलोको भित्रि गोलाई करिब ६ इन्च हुन आउँछ । सरल भाषमा भन्नु पर्दा माटो लिपिसके पछि पनि चुलोमा ब्रिकेटको चक्का सजिलै छिर्दछ र वरिपरि थारै खाली ठाउँ रहन्छ । यो चुलो फलामको पनि बनाउँन सकिन्छ ।
यो ब्रिकेट घरायसी प्रयोजनमा खाना पकाउन, मकै पोल्न, सेकुवा बनाउनका साथै अन्य व्यापारिक प्रयोजनमा समेत प्रयोग गर्न सकिन्छ ।
यस बी-हाईभ ब्रिकेट बनाउने उपकरणको मुल्य रु. १४,०००/- (चौध हजार) पर्दछ ।

ब्रिकेट ड्रम सेट
